शुक्रबार, ६ असार २०८२

सुत्केरी नालामा मृत फेला

समयपोष्ट २०८२ असार ६ गते १०:०३

Advertisement

कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिनकी सुत्केरी महिला मृत अवस्थामा फेला परेकी छन्।

शुक्रवार बिहान १९ वर्षीया तुलसी नाथ घर नजिकैको नालामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक राजकुमार सिंहका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ। मृतक महिला १६ दिनअघि मात्र सुत्केरी भएकी थिइन्। उनका नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री