प्रतिनिधिसभा बैठक रास्वपाले पनि गर्यो बहिस्कार
समयपोष्ट
२०८२ असार ६ गते १३:५२
सङ्घीय सदन प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि बहिस्कार गरेको छ ।
सभामा बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएसँगै सो पार्टीले बैठक बहिस्कार गरेको हो ।
त्यसअघि रास्वपाका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध जनाएका थिए । रास्वपाको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदसँग प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
रास्वपाका सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुराको सुनुवाइ पनि नहुने भएकोले बैठक बहिस्कार गरिएको प्रतिक्रिया दिएका छन् ।
यसअघि बजेटमाथिको छलफल कार्यक्रम राप्रपाले बहिस्कार गर्दै आएको थियो ।
प्रतिक्रिया