जोशी हाइड्रोपावरको शेयरमूल्य समायोजन, हकप्रद शेयर निष्काशनको तयारी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ।
बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले कम्पनीको ६५ प्रतिशत हकप्रद शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
समायोजनपश्चात् कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१६ रुपैयाँ ९८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिन (बिहीबार) को अन्तिम मूल्य ४५८ रुपैयाँ २ पैसाको आधारमा यो समायोजन गरेको हो।
जोशी हाइड्रोपावरले आफ्नो हाल कायम चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले १० कित्ता बराबर ६.५ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। यसअनुसार, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता शेयर निष्काशन हुने छन्, जसको कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ हुनेछ।
प्रतिक्रिया