प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य
समयपोष्ट
२०८२ असार ४ गते ११:२३
सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया