शुक्रबार, २३ जेठ २०८२

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

समयपोष्ट २०८२ जेठ २३ गते २०:५०

Advertisement

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनबाट पुष्प ओलीलाई अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ। शुक्रबार सम्पन्न सम्मेलनले उनलाई आगामी कार्यकालका लागि अध्यक्ष चयन गरेको हो।

पूर्व अध्यक्ष सुबोध शेर्पालीले दोहोरिन नचाहेपछि नयाँ नेतृत्व चयनका लागि विभिन्न आकांक्षीहरूबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो। अध्यक्ष पदका आकांक्षीमध्ये केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायतका नेताहरूको नाम आएको थियो। यद्यपि, अन्ततः पुष्प ओलीकै नाममा सहमति जुट्दै सर्वसम्मत चयन सम्भव भएको हो।

सम्मेलनले महासचिवमा गणेश शाहीलाई चयन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री