बुधबार, २१ जेठ २०८२

नेप्से परिसूचक लगातार घट्दै, कारोबार रकममा पनि गिरावट

समयपोष्ट २०८२ जेठ २१ गते १५:४३

Advertisement

नेप्से परिसूचक बुधबार पनि घटेर बन्द भएको छ। मंगलबारको गिरावटलाई निरन्तरता दिँदै बुधबार नेप्से परिसूचक ११.९७ अंकले घटेर २,६४६.९५ विन्दुमा झरेको छ। परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ। मंगलबार ६.५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा बुधबार ३१३ कम्पनीको ५९,१३० पटकको कारोबारमा ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ओम मेगाश्रीको शेयरमूल्य १८१.२७ रुपैयाँ बढेर १,९९४.७० रुपैयाँमा बन्द भएको छ भने पियोर इनर्जीको शेयरमूल्य ४२.३० रुपैयाँ बढेर ४६५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। सुपर माई हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ५.८१ प्रतिशतले घटेर सर्वाधिक नोक्सानीमा परेको छ।

कारोबार रकमका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। राधी विद्युत कम्पनीको करिब ३० करोड र ङादी ग्रुप पावरको २२.५ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। बाँकी ११ उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा कम दरले घटेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री