मंगलबार, २० जेठ २०८२

गंगानारायणको नेतृत्वमा नेसपाबाट माओवादीमा आएका नेताहरूलाई जिम्मेवारी बाँडफाँड

समयपोष्ट २०८२ जेठ २० गते १२:०२


नेपाल समाजवादी पार्टी (नेसापा) गंगा श्रेष्ठ समूहसँग एकता प्रक्रियामा जोडिएका नेताहरूलाई नेकपा माओवादी केन्द्रले पदीय जिम्मेवारी प्रदान गरेको छ।

Advertisement

शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले एकता प्रक्रियामा सहभागी भएका नेताहरूलाई साबिक पार्टीमा रहेका जिम्मेवारी अनुसार नै समायोजन गर्ने नीतिगत निर्णय गरेको हो।

माओवादी केन्द्र र नेसापा गंगा श्रेष्ठ समूहबीच जेठ १२ गते एकता समायोजन भएको थियो। सोही दिन श्रेष्ठलाई केन्द्रीय सचिव बनाउने निर्णय गरिएको थियो भने बाँकी नेताहरूको जिम्मेवारी पछि तोकिने भनिएको थियो। शुक्रबारको बैठकले नेसपाका कार्यकारिणी सदस्यहरूलाई माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार, “बैठकले एकता प्रक्रियामा आएका साथीहरूलाई साबिक पार्टीमा भएको पदीय व्यवस्थापन अनुसार नै जिम्मेवारी दिने नीतिगत निर्णय गरेको छ।”

पार्टीले जिम्मेवारी तोकिएको विवरणसहितको सर्कुलर मातहतका कमिटीहरूमा पठाइसकेको छ।

Advertisement

जिम्मेवारी पाउने नेताहरूको सूची

केन्द्रीय सचिव

गंगानारायण श्रेष्ठ

केन्द्रीय सल्लाहकार

कल्पना सुवेदी

केन्द्रीय समिति सदस्यहरू

बन्दना सुवेदी (सिन्धुली)

सुरद बहादुर स्याब्तान (सिन्धुली)

अक्कल बहादुर थिब (काभ्रे)

राजेन्द्रकुमार किराती (संखुवासभा)

खुम्बराज खत्री (उदयपुर)

दुर्गादेवी न्यौपाने भट्टराई (गोरखा)

ज्ञानेन्द्र कुमाल (गोरखा)

रमेश पोखरेल (गोरखा)

शिव सुन्दर शाही (अछाम)

राम कैलास यादव (सर्लाही)

वेद प्रसाद आचार्य (बाँके)

नरेन्द्र नाथ योगी (जुम्ला)

सोविन थिब (मकवानपुर)

महेन्द्र बहादुर शाही (बाजुरा)

बैकल्पिक केन्द्रीय सदस्यहरू

होम कुमारी दोब (काभ्रे)

नहेन्द्र प्रधान (दोलखा)

यस्तै, एकता प्रक्रियामा जोडिएका नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजुलाई माओवादी केन्द्रको स्थायी समिति सदस्य बनाउने निर्णय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री