सोमबार, १९ जेठ २०८२

नेप्सेमा सामान्य वृद्धि, ९ अर्बभन्दा बढीको कारोबार

समयपोष्ट २०८२ जेठ १९ गते १५:४९

Advertisement

आर्थिक वर्ष २०८२/८३ को बजेटपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बजेट अघि करिब साढे १७ अंकले उकालो लागेको नेप्से परिसूचक सोमबार १.६० अंक बढेर २६९४.६६ विन्दुमा पुगेको हो।

सोमबार कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन (बुधबार) ८ अर्ब ५० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ८३,०१६ पटकको कारोबारबाट ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँबराबरको २ करोड २० लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ।

दुई कम्पनी, ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जी, को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३१ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा माथि उक्लिएको छ। यद्यपि, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने सर्वाधिक ६.४५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, राधी विद्युत कम्पनीको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ५४ करोड नाघेको छ। १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३९ प्रतिशतले उकालो लागेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री