शुक्रबार, १४ वैशाख २०८१

काँग्रेसको प्रश्नमा प्रधानमन्त्रीको ब्यग्यात्मक जवाफ: निकालियो र धुलो टकटक्याएर अगाडि बढाइयो

समयपोष्ट २०७५ असार १२ गते ७:३६

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न चीन भ्रमणबारे आज संसदलाई जानकारी गराए । प्रधानमन्त्रीको सम्बोधन लगत्तै सभामुखले प्रश्न गर्न पाइने भन्दै एक जना सांसदलाई समय दिए । लगत्तै कांग्रेस सांसद दिलेन्द्र बडूले ट्रान्जिट प्रोटोकलमा हस्ताक्षर किन हुन सकेन र लिपुलेकबारे के छलफल भयो भन्ने प्रश्न प्रधानमन्त्री ओली सामु तेर्साए ।

Advertisement

त्यसमा प्रधानमन्त्रीले ब्यग्यात्मक जवाफ फर्काए । सन् २०१६ मा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेलगत्तै आफू सरकारबाट बाहिरिनु परेको भन्दै उनले भने, ‘सम्झौता कहाँ छ भनेर खोज्नै समय लाग्ने गरी कुन पत्र मुनी परेको थियो । त्यसलाई निकालियो र धुलो टकटक्याएर अगाडि बढाइयो ।’

तर, केही छलफल बाँकी रहेको भन्दै उनले जुलाइमा प्रोटोकल तयार गरेर हस्ताक्षर हुने बताए । उनले यो संयुक्त बक्तव्यमा पनि छ भन्दै खोजे तर, भेट्टाउन सकेनन् ।

लिपुलेकबारे चीन भ्रमणका क्रममा के छलफल भयो भन्नेबारेमा भने प्रधानमन्त्रीले प्रष्ट जवाफ दिएनन । कुनै पनि नाममा सीमाको लेनदेन नहुने भन्दै उनले भने, ‘हाम्रो देश छिमेकीहरु भन्दा सानो छ । तर, सानो देशले छोडिछोडी सम्झौता गर्नुपर्ने हुँदैन ।’

सरकारले देशको सीमानाको सुरक्षा गर्ने भन्दै उनले भने, ‘तर, कतिपय कुरा लामो समयदेखि पेन्डिङ छन् । कसरी भए भनेर मन्त्रालयगत अध्ययन गर्न समय लाग्ने भयो । त्यत्तिकै कुरा उठाउने र किनारामा नपुर्‍याउनु, सबै कुरा एकै पटक उठाउनु र कुनै पनि कुरा निश्कर्षमा नपुर्‍याउनु उचित हुँदैन ।’

आफ्नो भारत भ्रमणमा भएका कुराकानीको परिणाम आउन थालेको उनले भने, ‘चीनसम्वन्धी कुरामा पनि म के आश्वस्त पार्न चाहन्छु भने हामीले यसमा कुनै राजनीति गर्नु छैन । यो देशको प्रश्न हो, हामी देशलाई माया गर्छौ र हाम्रो पुस्ताले देशको रक्षा गर्नुपर्छ । हाम्रो पुस्ता सीमाको रक्षा गर्न नसक्ने होइन ।’

‘अहिलेको भ्रमणको आसपास वा यो सरकार बनेपछि केही पनि बिर्गिन दिएको छैन । यसअघि केही बिगि्रएको रहेछ भने पारस्परिक तथ्ययुंक्त ढंगले अध्ययन गरेर आफ्नो सीमा र भौगोलिक अखण्डताको रक्षा गरेर टुंगो लगाइन्छ । विगतमा कमीहरु भएका रहेछन् भने अध्ययन गरेर उचित निश्कर्ष निकालिने प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री