बिहीबार, १३ वैशाख २०८१

मोहियानी हकको दोहोरो स्वामित्व अन्त्य गर्न जग्गा बाँडफाँट निवेदन आह्वान,१ बर्षभित्रै टुंगो लगाईने

समयपोष्ट २०७५ असार १२ गते ६:१८

सरकारले मोहियानी हकको दोहोरो स्वामित्व अन्त्य गर्न निवेदन माग गरेको छ । कृषि मन्त्रालयअन्तर्गतको ‘मोहियानी समस्या समाधान इकाई’ले मंगलबार सूचना जारी गरी जग्गा बाँडफाँटको निवेदन आह्वान गरेको हो ।

Advertisement

सूचनामा मोही र जग्गा धनीबीच जग्गा बाँडफाँटको निवेदन आउँदो भदौ ४ गतेभित्र सम्बन्धित कार्यालयमा दिइसक्न भनिएको छ ।

कृषिमन्त्री चक्रपाणि खनालले गत वैशाख २३ गते आफ्नो कार्ययोजना सार्वजनिक गर्दै एक वर्षभित्र मोहियानी समस्या समाधान गर्ने घोषणा गरेका थिए । मन्त्रालयमा ‘मोहियानी समस्या समाधान इकाई’ गठन गरेर काम कारवाही अगाडि बढाइएको छ ।

इकाईको सूचनाअनुसार २०७६ भदौ ४ भित्र जग्गा बाँडफाँटको टुंगो लगाइसक्ने लक्ष्य छ ।

मन्त्रालयले भूमिसुधार र मालपोत कार्यालयहरूलाई जग्गा बाँडफाँटको लागि मोही तथा जग्गा धनीहरूबाट निवेदन दिन आउन सूचनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री