शुक्रबार, १४ वैशाख २०८१

पूरा हुने भो पुरुषको नर्स बन्ने धोको

समयपोष्ट २०७५ असार १२ गते १:१९

नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरु महिला नै हुन्छन् ।

Advertisement

संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले पनि नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समयदेखि प्रश्न उठ्न थालेको थियो, नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने ? के नर्स भनेको महिलाको मात्रै पेशा हो र ?

अन्नपूर्णमा समाचार छापिएको छ, होइन अब नेपालमा पनि पुरुषहरुको नर्स बन्ने धोको पूरा हुने भएको छ । पुरुषले पनि नर्सिङ पढ्न पाउने गरी प्रशासनिक प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री