शुक्रबार, ७ वैशाख २०८१

पोखरा महानगरका बरिष्ठ अधिकृत बेपत्ता, भेटियो यस्तो नोट

समयपोष्ट २०७५ असार १० गते ८:२४

पोखरा लेखनाथ महानगरापालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् । पौडेल शनिबार विहान ५ बजे मर्निङवाक जाने भनेर घरबाट निस्केका थिए ।

Advertisement

महानगरपालिकामा बरिष्ठ सामाजिक विकास अधिकृत तथा सूचना अधिकारीका रुपमा कार्यरत पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ ।

पौडेलले प्रयोग गर्ने २ वटै मोवाइल भने घरमै छाडेका थिए । पौडेल हराएको भन्दै परिवारले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ । निवेदन आएलगत्तै कास्की प्रहरीले शनिबार विहानैदेखि पौडेल जानसक्ने सम्भावित ठाउँहरुमा खोजी गरिरहेको छ ।

स्थानीयले महेन्द्रपुलबाट सेती नदीमा हामफालेको भन्दै दिएको सूचनाको आधारमा शनिबार प्रहरीले सेती नदी वरपरसमेत खोजी गरेको थियो ।

यसैबीच, पोखरा लेखनाथ महानगरपालिकाले बरिष्ठ अधिकृत पौडेलको बेपत्ताप्रति महानगर स्तब्ध भएको उल्लेख गर्दै उनको खोजीमा सघाइदिन अपील गरेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आइतबार विज्ञप्ति जारी गर्दै पौडेलको खोजी भइरहेकाले त्यसमा सहयोग गरिदिन महानगरवासीमा अनुरोध गर्नुका साथै धैर्यधारण गरेर बसिदिनपनि आग्रह गरिएको छ ।

प्रमुख जिसीले जारी गरेको विज्ञप्तिमा पोडेलको खोजीका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री