शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्रीलाई लक्षित गरि ग्रिनेड प्रहार,थुप्रैको ज्यान गयो

समयपोष्ट २०७५ असार ९ गते ११:०३

इथियोपियामा प्रधानमन्त्री आबी अहमदलाई लक्षित गरि ग्रिनेड प्रहार भएको छ । राजधानी अदिस अबाबाको मुख्य चोक मेस्कल स्क्वायरमा हजारौं सहभागी र्यालीलाई सम्बोधन गरिरहेको बेला गि्रनेड प्रहार भएको बीबीसीले जनाएको छ ।

Advertisement

विष्फोटमा थुप्रै मानिस मारिएका छन् । प्रधानमन्त्री आबी अहमदलाई भने सुरक्षित स्थानमा लगिएको छ । प्रधानमन्त्री अहमदले धेरै व्यक्ति आक्रमणमा मारिएको बताएका छन् । तर, क्षतिको एकीन विवरण आइसकेको छैन ।

उनले यस आक्रमणमा इथियोपियाको एकता देख्न नचाहने तत्वको हात रहेको बताएका छन् । तर, त्यो तत्व को हो भन्ने खुलाएका छैनन् ।

२४ वर्षीय अहमद गत फेब्रुअरी महिनामा प्रधानमन्त्री बनेका थिए । उनी ओरोमो जातीय समूहबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । करिब तीन वर्षअघि सरकार विरोधी प्रदर्शनको अगुवाइ अहमदले गरेका थिए ।

सो प्रदर्शनमा सयौंको ज्यान गएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछि अहमदले सत्ता सम्हालेका थिए । प्रधानमन्त्री बनेलगत्तै उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री