शनिबार, १५ वैशाख २०८१

तस्करीका अर्का नाइके पक्राउ

समयपोष्ट २०७५ असार ९ गते ७:५४

तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन् ।

Advertisement

सुन तस्करी अनुसन्धान गरिरहेको गृह सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको टोलीले अलीलाई शुक्रबार बागबजारबाट पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेका अकबर शाहको बयान एवं भारत सम्पर्क सूत्र केलाउने क्रममा अली पक्राउ परेको बताइएको छ ।

अनुसन्धान टोलीले असार ८ गते अकबर शाहलाई पक्राउ गरेको थियो । ठेकेदार मकबुल शाहका छोरा अकबरको दुबईमा रहेका माफियासँग सम्पर्क देखिएको स्रोतको दाबी छ। अकबर गोली हानी हत्या गरिएका सञ्चार उद्दमी जमिम शाहका भतिजा हुन् ।

समितिको अनुसन्धानले सुन तस्करी र हुण्डीको कारोबार एकअर्कासँग जोडिएर हुने गरेको देखाएको छ । टोलीले गत मंगलबार कुख्यात हुण्डी कारोबारी विमल पोद्दारलार्इ पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री