शुक्रबार, १४ वैशाख २०८१

जनरल इन्स्योरेन्सले थाल्यो बीमा कारोबार

समयपोष्ट २०७५ असार ८ गते ११:१८

जनरल इन्स्योरेन्स कम्पनीले बुधबारदेखि कारोबार सुरु गरेको छ। कम्पनीले हात्तीसार काठमाडौंमा कर्पोरेट कार्यालय खोलेर कारोबार सुरु गरेको हो।

Advertisement

कम्पनीका अध्यक्ष कुनाल क्यालले कार्यालयको शुभारम्भ गरेका छन्। कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहनेछ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थातथा प्रतिष्ठित व्यापारिक घरानासमेतको लगानी रहेको कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर जारी गर्ने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री