शुक्रबार, १६ चैत २०८०

मेगा बैंकले तय गर्यो साधारण सभाको मिति, कति पारित हुँदै छ बोनस ?

समयपोष्ट २०७५ असार ७ गते ८:०७

मेगा बैंकले साताैं बार्षिक साधारण सभाको मिति तय गरेको छ । बैंकले असार २९ गते साताैं बार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा बिहान १० बजे साधारण सभा डाकेको छ । सभाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Advertisement

सभाका लागि बैंकले असार १४ गतेसम्म कायम सेयरधनीले बाेनस प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् । बैशाख ३० गतेदेखि असार १४ गतेसम्म सेयरधनी बनेर बाेनस पाउनेले भने बाेनस सेयरमा कर तिर्नुपर्ने बैंकले जनाएकाे छ ।

यसअघि मेगाको गत पुस २५ गते सम्पन्न सञ्चालक समिति बैठकले ९.४५ प्रतिशत र टुरिजमको गत चैत १२ गते सम्पन्न सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका थिए ।

दुबै बैंकको संयुक्त कारोबार भैसकेको भन्दै बैंकले यसअघि दुबै बैंकले छुट्टाछुट्टै प्रस्ताव गरेको बोनसमा संसोधन गरेको थियो । जेठ २९ गते सम्पन्न २२१ औं सञ्चालक समिति बैंकले यसअघि प्रस्ताव गरेको बोनस सेयर रकमलाई संसोधन गरेर समान १०.७५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेपछि बैंकले पहिलोपटक साधारण सभा डाकेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री