शनिबार, ८ वैशाख २०८१

नेमारले भोलीको विश्वकप खेल्न सक्लान् त ?

समयपोष्ट २०७५ असार ७ गते ७:०१

ब्राजिलियन चर्चित फुटबल खेलाडी नेमार शुक्रबार कोस्टारिकाविरुद्धको खेलमा सहभागि होलान् कि नहोलान् भन्ने सबैतिर चासोको बिषय बनेको छ ।

Advertisement

खुट्टाको चोट बल्जिएपछि बीचमै प्रशिक्षण छोडेर हिँडेका उनी अभ्यासमा फर्किएको खबर छ ।

मंगलबारको अभ्यास खेलमा गोलीगाठामा चोट लागेपछि उनले अभ्यास छोडेका थिए । रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपमा समूह ‘ई अन्तरगतको स्वीटजरल्याण्डविरुद्धको खेलमा १० पटक फलको शिकार बनेका उनी घाइते भएका थिए ।

पहिलो खेलमा ब्राजिलका लागि गोल गरेका फिलिप कौउन्टिन्होले नेयमारले खुट्टामा पीडा महसुस गरेको स्वीकार गरे पनि मामिला गम्भीर नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार कोस्टारिकाविरुद्धको खेलका लागि तयारी गरिहेको ब्राजिलको बुधबारको प्रशिक्षणमा नेमार पुनः फर्किएका हुन् । ब्राजिल फुटबल कन्फेडरेसनले ट्वीटरमा एक भिडियो पोष्ट गर्दै नेमार बुधबार सोचीको प्रशिक्षणमा सहभागी बनेको जानकारी समेत दिएको छ ।

उक्त ट्विटमा विश्वकपको पहिलो खेलमा स्विटजरल्याण्डसँग बराबरी खेलेको ब्राजिल दोस्रो खेलका लागि तयारी गरिरहेको बताईएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री