आइतबार, ४ साउन २०८२

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

समयपोष्ट २०८१ असार १४ गते १६:३४


नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ ।

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न गठित सिफारिस समितिको आज असार १४ गतेको निर्णयबमोजिम धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो।

यसबारेमा समितिले आज एक सूचना जारी गर्दै जानकारी गराएको छ। गत वर्ष १६ मा सूचना प्रकाशित गरी समितिले हालसम्म सम्पन्न गरेका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रिया रद्द गरिएको सूचनामा जनाइएको छ।

सर्टलिस्टमा परेका ५ मध्ये २ जनामात्र अन्तर्वार्ता दिन उपस्थित भएपछि अध्यक्ष सिफारिस प्रक्रियाबारे समितिभित्र विवाद भएको थियो ।

समितिमा कुरा नमिलेपछि प्रक्रिया रद्द भएको समितिले जनाएको छ । बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये ३ जना अन्तवार्ता तथा प्रस्तुतिका लागि उपस्थित नभएपछि समस्या देखिएको थियो ।

अध्यक्ष नियुक्त गर्न नसकेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित सुझाव मागेको थियो । गत बिहीबार अर्थ मन्त्रालयमार्फत महान्याधिवक्ताको कार्यालयलाई पत्र पठाइएकोमा उक्त पत्रको जवाफ कार्यालयले मन्त्रालयमा मंगलबार पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री