मंगलबार, ४ कार्तिक २०८२

रिद्धि सिद्धि सिमेन्टद्वारा “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१” छात्रवृत्ति कार्यक्रमको घोषणा

समयपोष्ट २०८१ असार १३ गते २१:५३

Advertisement

रिद्धि सिद्धि सिमेन्ट लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ ।

यस छात्रवृत्ति अन्तर्गत २०८० मा परिक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तिर्ण हुनुभएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरिे उक्त एस.ई.ई परीक्षामा ३.५ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने कम्पनीले जनाएको छ ।

गत सालमा आयोजना गरिएको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८०” छात्रवृति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए। पछिलो वर्षको छात्रवृति कार्यक्रमको भब्य र सभ्य सफलता पश्चात कम्पनीद्वारा यस २०८१ सालमा थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरि कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिने छ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोश्रो हुनेलाई रु. ३५००, तेश्रो हुनेलाई रु. २५०० साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ । यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा उल्लेखित गरिएको QR code मा QR code गरी फारम भर्नुहोस् । आवेदकको फारम बुझाउने अन्तिम मिति २३ असार, २०८१ तोकिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री