‘शिवम् सिमेन्टको उत्पादनमा एकरूपता छ’
अहिले नेपाली सिमेन्टको अवस्था कस्तो छ ?
पुनर्निर्माणले गति लिएसँगै बजारमा सिमेन्टको माग अत्यधिक छ । साथै, नयाँ प्रोजेक्टहरू आउने क्रम जारी छ । यसले बजारमा सिमेन्टको मागलाई बढाउन थप बल पुर्याएको छ । अहिले धेरैजसो परियोजनाहरूमा नेपाली सिमेन्ट नै प्रयोग गर्न थालिएको छ । यसअघि भारतीय सिमेन्ट बढी प्रयोग हुने गरेको थियो । अहिले नेपाली सिमेन्ट पनि हरेक देशका सिमेन्टसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छ ।
शिवम् सिमेन्ट ग्राहकले किन रोज्ने ?
शिवम् सिमेन्टको उत्पादनमा एकरूपता छ । उत्पादन भएदेखि नै एकै खालको गुणस्तर ग्राहकहरू माझ पुर्याउन सफल भएका छौँ । हामीसँग एक सय यानलाइजर मेसिन छ, जसले हरेक दश मिनेटमा क्वालिटीको रिपोर्ट दिन्छ । त्यसले हरसमय एकनाशको क्वालिटी दिन्छ । हामीलाई ग्राहकहरूले पनि विश्वास गरिरहेका छन् । हाम्रो फ्याक्ट्रीनै जर्मन टेक्नोलोजीबाट बनेको छ । हामीले नवीनतम प्रविधिहरूलाई अपनाएर ग्रीन फ्याक्ट्रीको अवधारणामा हाम्रो उद्योगलाई लिएर गएका छौँ । वातावरण प्रदूषण हुन नदिन धूलो त्यहीँ सोस्ने प्रविधिसमेत राखेका छौँ ।
उद्योगको थप योजना के छन् ?
हामीले हाल २२ सय टन उत्पादन क्षमतालाई विस्तार गरेर तीन हजार टन बनाएका छौँ । क्लिङकर पनि १२ सय ५० टनबाट बढाएर १९ सय टनमा पुर्याएका छौँ । निकट भविष्यमा किल्करको पनि क्षमता विस्तार गरेर तीन हजार टन पुर्याउने हाम्रो लक्ष्य छ ।
सिमेन्टमा आत्मनिर्भर हुन के गर्नुपर्ला ?
सिमेन्टमा आत्मनिर्भर हुनका लागि मुख्यतया सरकारको उदार दृष्टिकोण हुनुपर्छ । सरकारी प्रक्रिया धेरै झन्झटिलो छ, निर्माण सामग्रीसम्बन्धी कामका लागि सरकारले एकद्वार नीति लिनुपर्छ । नेपालको सिमेन्ट उद्योग एक मात्र यस्तो उद्योग हो, जहाँ ९९ प्रतिशत कच्चा पदार्थ नेपालमै छ । ती कच्चा पदार्थहरू प्रयोग गर्नका लागि समेत नेपालमा धेरै बाधा–व्यवधानहरू छन् । खानीबाट कच्चा पदार्थ प्राप्त गर्न सरकारले उद्योगीलाई सहज बनाइदिनुप¥यो ।
अहिले त देश लोडसेडिङमुक्त भइसकेको अवस्था छ । सिमेन्ट उद्योगहरू पूरा क्षमतामा सञ्चालन हुन थालेका छन् । सिमेन्टमा आत्मनिर्भर हुन यहाँका सिमेन्ट उद्योगहरूलाई कसरी दिगो बनाउने भन्नेतर्फ सरकारले ध्यान आवश्यक छ ।
प्रतिक्रिया