शुक्रबार, ९ जेठ २०८२

अग्निपीडित परिवारको शौचालय तथा ट्युबेलको पुनःनिर्माण

समयपोष्ट २०८१ असार ५ गते १६:३९

Advertisement

आगलागीमा परेर क्षति भएका सप्तरीको महादेवा गॉउपालिका–१ चिम्टीका अग्निपीडित परिवारहरुको शौचालय तथा ट्युबेलहरुको पुनःनिर्माण सम्पन्न गरिएको छ ।

युनिसेफ नेपालको सहयोग एवं छाया नेपालको सहकार्यमा सबल नेपालको आयोजनामा आंशिक तथा पूर्णरुपमा क्षति भएका १५ शौचालयको मर्मत तथा पुनःनिर्माण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय पालिका, वडा तथा गैससको संयुक्त बैठकले शौचालय तथा खानेपानी पुनःनिर्माणको कार्यमा सबल नेपालले सहयोग गर्ने सहमति भएअनुसार चिम्टीका अग्निपीडित परिवारका लागि शौचालय तथा टयुबेलको पुनःनिर्माण सम्पन्न गरिएको सबल नेपालका सिनियर म्यानेजर अशोककुमार साहले राससलाई जानकारी दिनुभयो ।

शौचालयको सेफ्टी ट्याङ्कीको सरसफाइ तथा रिङ भएका शौचालयको रिङसमेत सफाइ गरिएको जानकारी दिँदै सात हातेकलको मर्मत तथा प्लेटफर्म निर्माण गरिनुका साथै एक स्नान घर र एक÷एक महिला–पुरुषका लागि छुट्टाछुट्टै अस्थायी शौचालयसमेत निर्माण गरिएको उहाँले बताउनुभयो ।

Advertisement

सबलले नेपालका वास डिआरआर फोकल पर्सन परमेश्वर झाले आगलागीमा क्षति भएका सार्वजनिक शौचालयमा धारा, मोटर एवं हात धुने वेसिन जडान गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

आगलागीमा परेर जलेर नष्ट भएका शौचालयको छाना, ढोका, प्यान तथा अन्य सामग्री नयाँ लगाइएको तथा जलेका टयुबेलका पाइप तथा अन्य सामान नयाँ लगाइ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । बस्तीमा गत वैशाख १८ गते भएको भीषण आगलागीमा ६४ परिवारका करिब एक सय १४ वटा घर जलेर नष्ट भएका थिए ।

निजी खर्चमा विपन्न बस्तीमा ट्युबेल जडान

एक समाजसेवीले आफ्नै खर्चमा विपन्न समुदायलाई खानेपानीका लागि ट्युबेल जडान गरी उदाहरणीय कार्य गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–२ लौआपार बस्तीका विपन्न समुदायलाई खानेपानीका लागि ट्युबेल जडान गरिएको छ । करिब तीन सय विपन्न परिवारलाई लक्षित गरी सोही पालिकाको वडा नं ६ वीरेन्द्र बजार निवासी ४० वर्षीय समाजसेवी रञ्जीत भगतले आफ्नो निजी खर्चमा ट्युबेल जडान गर्नुभएको हो ।

बस्तीमा ट्युबेल नहुँदा खानेपानी र सरसफाइ लगायतका काममा निकै समस्या हुने गरेको खबर पाएपछि आपूmले सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले ट्युबेल जडानको सम्पूर्ण खर्चका साथै सो स्थानमा नुहाउन, लुगा धुन र भाँडा धुने सुविधाका लागि स्ल्याबसमेत निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री