बांगलादेशले नेपालबाट ४० मेगावाट विद्युत किन्ने, मुल्य तय
बांगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने भएको छ ।
त्यसको लागि बांगलादेश सरकारले विद्युत मुल्य तोकेको छ ।
बांगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले मंगलबार नेपालबाट आयात गरिने ४० मेगावाट विद्युत्को मूल्य ट्रान्समिसन चार्जसहित प्रतियुनिट ८.१७ टका (करिब ९ रुपैयाँ) स्वीकृत गरेको बांगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।
अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको बैठकले विद्युत्को मूल्यलाई अनुमोदन गरेको हो ।
भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), नेपाल विद्युत् प्राधिकरण र बीपीडीबीबीच त्रिपक्षीय सम्झौतापछि विद्युत् आयात सुरु हुनेछ । त्रिपक्षीय सम्झौताका लागि भारत पनि तयार रहेको संकेत आइसकेको छ ।
विद्युत आयातलाई सहज बनाउन बंगलादेश पावर डेभलपमेन्ट बोर्ड(बीपीडीबी) ले ६५० करोड रुपैयाँको ५ वर्षे आयोजना शुरु गरेको मन्त्रिपरिषद् डिभिजन (समन्वय तथा सुधार) का सचिव महमुदुल होसेन खानले जानकारी दिए ।
विद्युत भारतीय ग्रिडबाट बांगलादेश पठाइने उनले बताए ।
प्रतिक्रिया