शनिबार, २२ वैशाख २०८१

पहिराका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध

समयपोष्ट २०८० असार ६ गते १३:०६

Advertisement

ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ ।

मेचीराजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।

मध्यरातमा सडकभन्दा मुनिबाट झरेको पहिरोले पोल ढलेको थियो । पहिरोले एउटा पोल तानिएपछि नजिकका अन्य पोलसमेत ढलेकाले पुनस् विद्युत सञ्चालनमा समय लाग्ने विद्युत् प्राधिकरणको ताप्लेजुङ शाखाले जनाएको छ । मर्मतका लागि बिहानदेखि विद्युत्का कर्मचारी खटिएका छन् ।

विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम फुङ्लिङ सहितका सर्वसाधरण तथा व्यवसायीहरु मारमा परेका छन् । सदरमुकामसहित केही ग्रामीण क्षेत्रसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री