प्रभु बैंक र नेथन एसोसियट्स लण्डनबिच सम्झौता
प्रभु बैंक लिमिटेड र ब्रिटिस इनटर्नेष्नल इनभेष्टभेण्ट (बीआइआइ), डच अण्र्टप्रेनियल डिभलेप्मेण्ट बैंक (एफएमओ) र स्विस एजेन्सी फर डिभलप्मेण्ट एण्ड कोअपरेसनद्धारा संयुक्त रुपमा स्थापना भएका नेथन एसोसियट्स लण्डनद्धारा कार्यान्वयन गरीने कार्यक्रम इनभेष्ट फर इमप्याक्ट नेपाल (आइआइएन)संग इनभायरोमेण्ट सोसियल एण्ड गर्भनेन्स एण्ड इनभेष्टमेण्ट रेडीनेस सम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ ।
नेथन एसोसियट्स लण्डनका उप सभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आइआइएनका तर्फबाट नेथन एसोसियट्स लण्डनका नेपाल प्रतिनिधि बिबेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पश्चात प्रभु बैंक र आइआइएनको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर इनभायरोमेण्ट सोसियल एण्ड गर्भनेन्सको बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया