शनिबार, १५ वैशाख २०८१

नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश

समयपोष्ट २०८० जेठ २६ गते १७:५१

Advertisement

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुष्पलता माथेमाको संयुक्त इजलासले नागरिकता विधेयक प्रमाणीकरणको निर्णयको प्रतिलिपि झिकाउन सरकारलाई आदेश दिएको हो ।

विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्‍को जेठ १२ गतेको सिफारिस र राष्ट्रपति कार्यालयले जेठ १७ गते गरेको प्रमाणीकरणको निर्णय झिकाउन सर्वोच्चले आदेश दिएको हो ।

जेठ ३० गते अन्तरिम आदेश छलफलको पेशी समेत तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री