शुक्रबार, १४ वैशाख २०८१

पहिचानको नाममा अराजकता मच्चाउनेलाई छुट दिन्नौ : गृहमन्त्री श्रेष्ठ

समयपोष्ट २०८० जेठ २६ गते १२:३३

Advertisement

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अराजकता मच्चाउनेलाई कारबाही गरिने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार संसदको बैठकमा कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएपछि एमालेले सरकारको जवाफ मागेको थियो ।

सोही विषयमा जवाफ दिदैँ गृहमन्त्री श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने प्रतिवद्धता जनाएका हुन् ।

गृहमन्त्री श्रेष्ठले संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरुको सुरक्षमा चुनौती उत्पन्न गर्ने वा व्यक्ति नेताहरुको सुरक्षामा थ्रेट उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट नदिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री