बिहीबार, ६ वैशाख २०८१

प्रधानमन्त्री प्रचण्डले गरे उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा

समयपोष्ट २०८० जेठ १९ गते १७:०८

Advertisement

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा विशेष पूजा गरेका छन् ।

शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगेका हुन् । उनले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल प्रचण्डले सो मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री