शुक्रबार, १४ वैशाख २०८१

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १३ हजार नाघ्यो

समयपोष्ट २०८० जेठ १९ गते ११:३९

Advertisement

सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य शुक्रवार तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री