शुक्रबार, १४ वैशाख २०८१

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ कलेजो प्रत्यारोण

समयपोष्ट २०८० जेठ १८ गते १७:१९

Advertisement

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ कलेजो सफलताका साथ प्रत्यारोपण गरिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले दाङका ४२ वर्षीय बाबुराम विश्वकर्माको कलेजो सफलताका साथ प्रत्यारोपण गरेको हो । उनकी श्रीमती ३७ वर्षीय आशा सुनारले आधा कलेजो दान गरेकी थिइन् ।

भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलबाट आएका टोलीले कलेजो प्रत्यारोपणमा सहयोग गरेका थिए । निर्देशक डा.श्रेष्ठको टोलीमा सर्जन डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा. ललितकुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा. रेखा श्रेष्ठ, डा.रश्मित श्रेष्ठ, डा.शिवसुन्दर थिए ।

त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा.समीर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशीले गरेका थिए भने पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो त्यसै गरी प्रत्यारोपण कार्यको संयोजन कोर्डिनेरहरु डा स्वस्तिक प्रधानाङ्ग, तारा साँध, अर्चना बगाले, सरु कोजु र सनिषा कार्कीले गरेका थिए ।

कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था सामान्य रहेको प्रत्यारोपण सर्जन तथा निर्देशक डा. श्रेष्ठले बताए ।

मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ । हाल सम्म ८ जनामा जीवित दाताबाट र ३ जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा जम्मा रु १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री