बिहीबार, १३ वैशाख २०८१

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक सम्पन्न, यी हुन् पन्ध्र निर्णय

समयपोष्ट २०७९ असार १४ गते २०:१७

Advertisement

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकले १५ वटा प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको उनले बताए । उनले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको जानकारी दिए ।

पार्टीले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णयको बैठकले स्वागत गरेको खतिवडाले जनाए ।

यस्तै किसानका लागि आवश्यक मल आपूर्ति सुनिश्चित गर्न पनि आग्रह गरिएको उनले जानकारी दिए ।

अबको दुई महिनामा हामी देशव्यापी संगठन सुदृढीकरण तथा विस्तार अभियानमा लाग्ने पनि खतिवडाले बताए ।

स्थानीय चुनावमा महानगर र उपमहानगरमा गठवन्धन सफल भएको तर त्योभन्दा तल आफ्नो पार्टीलाई कर्नरमा पार्न खोजिएको समिक्षा वैठकले गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री