शनिबार, १५ वैशाख २०८१

बहुप्रतिक्षित महिन्द्राको नयाँ स्कोर्पियो सार्वजनिक, यस्ता छन् विशेषता

समयपोष्ट २०७९ असार १४ गते ९:११

Advertisement

महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ ।

महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर सोमवार बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो ।

नयाँ महिन्द्रा स्कर्पियो-एन आफ्नो पूर्ववर्तीभन्दा निकै स्मार्ट र नयाँ छ । सन् २०२२मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जित हुँदै अब स्मार्ट एसयूभीसम्ममा रुपान्तरण गरेको छ ।

महन्दि्राले चर्चित स्कर्पियोको नयाँ अवतार ‘अल-न्यू स्कर्पियो-एनलाई अनावरण गरेको हो । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा आफनो बहुप्रतिक्षित एसयूभी सार्वजनिक गर्दै कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको नयाँ गाडीलाई बजारमा स्थान दिएको हो ।

घोषणा कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल-न्यू स्कर्पियो-एन एकैसाथ अनावरण गर्न पाउँदा खुसी लागेको भन्दै यो नयाँ ‘ट्विनपिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि भएको जानकारी दिए ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर रहेको बताए । ‘स्कर्पियो ब्राण्डले गर्व सम्मान र उपस्थिति दर्साउँछ, जसलाई हराउन गार्हो छ । नयाँ अल न्यू स्कर्पियो एनले नेपालको एसयुभी स्वामित्व अनुभवलाई पुन: परिभाषित गर्ने प्रतिज्ञा गरेको छ, उनले भने ‘भारतको शुभारम्भसंगै नेपालमा पनि अल न्यू स्कर्पियो एन प्रस्तुत गर्न पाएकोमा हामी गौरवान्वित छौं ।’ उनले स्पकर्पियो नेपाली सडकका लागि सबैभन्दा उपयुक्त गाडी सावित हुने बताए ।

नयाँ महिन्द्रा स्पकर्पियो-एनले अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज दिन्छ । यसलाई प्रभावशाली उपस्थिति दिने गरी हेड-टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र गज्जबको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

नयाँ महिन्द्रा स्पकर्पियो आधुनिक सुविधाहरू र प्रविधिले सुसज्जित छ। यसमा क्रोम भर्टिकल स्ल्याट्ससहितको स्लेट गरिएको नयाँ ग्रिल, क्रमिक टर्न इन्डिकेटरसहितको डुअल प्रोजेक्टर हेडल्याम्प, नयाँ बम्पर र दुवै छेउमा नयाँ सी आकारको एलईडी डीआरएलहरू रहेका छन्।

यस्तै पछाडिको भाग भोल्भो जस्तो सिग्नेचर एलईडी टेललाइटहरूद्वारा हाइलाइट गरिएको छ। नयाँ कारमा सनरुफ, मल्टि फक्शन स्टेयरिङ ह्वील, डुअल जोन क्लाइमेट कन्ट्रोल र छालाको अपहोल्स्ट्री रहेका छन्। नयाँ स्कर्पिओमा भोल्युम, क्लाइमेट कन्ट्रोल र अन्य फंङसनको लागि फिजिकल बटन उपलब्ध छ । एसयूभीमा क्रुज कन्ट्रोल र माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट-बटम स्टेयरिङ ह्विल छ ।

स्कोर्पियो-एनको क्याबिनमा दोस्रो पंक्तिको सिट व्यवस्था छ, जसमा क्याप्टेन सिट आर्मरेष्टसहित उपलब्ध छ। यसमा ठुलो क्याबिन स्पेस उपलब्ध छ। महिन्द्रा स्कोर्पियो एन २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा आउने छ। यसमा अफरोडमा लागि ४ उच्च र ४ निम्न गेयर अप्सन पनि छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री