शनिबार, ८ वैशाख २०८१

मकैबारीमा काम गरिरहेकी आमालाई छोराले धारिलो हतियार प्रयोग गरेर मारे

समयपोष्ट २०७९ असार १३ गते २१:०३

Advertisement

चितवनको माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।

स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

छोरा अर्जुनले आफ्नै मकैबारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार मकैबारीमा काम गरिरहेको समयमा अर्जुनले पछाडिबाट धारिलो हतियार प्रहार गरेका हुन् । छोरा अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री