शनिबार, ८ वैशाख २०८१

उपत्यकामा १२ जनामा हैजा पुष्टि

समयपोष्ट २०७९ असार १३ गते १४:००

Advertisement

काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो ।

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो ।

उनीहरु कामपा–२८ बागबजारमा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री