शुक्रबार, ७ वैशाख २०८१

नागरिक लगानी कोषले थप १.५ प्रतिशत प्रतिफल दिने

समयपोष्ट २०७९ असार १२ गते १४:५७

Advertisement

नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागीहरुलाई थप प्रतिफल दिने निर्णय गरेको छ ।

कोषले आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको हो ।

कोष सञ्चालक समितिको असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

२०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रूपैँया जम्मा हुने कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री