शनिबार, ८ वैशाख २०८१

रवि लामिछानेविरुद्ध आयोगमा दुईवटा उजुरी

समयपोष्ट २०७९ असार ८ गते १३:५२

Advertisement

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा दुईवटा उजुरी परेको छ ।

निर्वाचन आयोगमा स्वतन्त्र उम्मेदवारको विमति राख्दै स्वतन्त्र उम्मेदवारी अभियानले लामिछानेविरुद्ध उजुरी दिए लगत्तै काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोशाक अभियानका अभियन्ता राजकुमार बजगाईंले उजुरी दिएका हुन् ।

उनीहरुले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी पेश गरेका छन् ।

‘स्वतन्त्र’ नामले स्वतन्त्र अभियानमा असर पुर्‍याएको भन्दै उनीहरुले सो पार्टीको दल दर्ता रोक्न माग गर्दै उजुरी दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री