बिहीबार, १३ वैशाख २०८१

निहारिका र उनको छोरालाई आफुसंग राख्न चाहन्छिन् करिश्मा

समयपोष्ट २०७९ असार २ गते १८:२७

Advertisement

अभिनेत्री करिश्मा मानन्धरले वसन्तपुरमा अनसनमा रहेकी निहारिका राजपुत र उनको छोरालाई आफुसंग राख्ने इच्छा व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत अभिनेत्री कश्मिाले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन् ।

करिश्माले फेसबुकमा लेखेकी छन्, ‘मेरो भाइ, विनोदजी, म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयौ भने दुई जना हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’

आफू १७ वर्षकी हुँदा नशालु पदार्थ खुवाएर जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको निहारिकाको भनाइ छ । बलात्कारपछि गर्भवती भएकी उनी त्यसयता निरन्तर न्यायको लडाइँमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री