सोमबार, १७ वैशाख २०८१

भाडामा बस्ने विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो बाँडिने

समयपोष्ट २०७९ जेठ २५ गते १३:०४

Advertisement

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौंमा कोठा भाडामा लिएर बसिरहेका सीमित समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ ।

केन्द्रले आदिबासी, दलित, जनजाति र लोपोन्मुख समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो ( इन्डक्सन) बाँड्नका लागि भन्दै आवेदन माग गरेको छ ।

केन्द्रका अनुसार सरकारी र सामुदायिक शिक्षण संस्थामा विश्वविद्यालय तहमा अध्ययनरत ती समुदायका विद्यार्थीले असार ९ गतेभित्र निवेदन दिन सक्नेछन् ।

यस्तो सुविधा लिन विद्यार्थीले आवेदनका साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र तथा सिफारिस पत्र बुझाउनुपर्नेछ छ । आदिबासी, जनजाति, दलित र लोपोन्मुख समुदायको परिचय खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस पनि माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री