बिहीबार, १३ वैशाख २०८१

विद्युतीय दुई पाङ्ग्रे सवारी साधन, चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेशन ल्याउन ओकाया र वृद्धि शशीलाबिच साझेदारी

समयपोष्ट २०७९ जेठ २३ गते १४:१४

Advertisement

ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुपले नेपालभर विद्युतीय दुई पाङ्ग्रे सवारी साधन, चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेशन ल्याउनको लागि वृद्धि-शशीला इलेक्ट्रिकसँग रणनीतिक साझेदारी गरेको छ।

ओकाया पावर ग्रुप भनेर यसअघि चिनिने ओकाया इनर्जी विगत ३५ वर्षदेखि ऊर्जा भण्डारण र ब्याट्री उत्पादनमा अग्रगामी, विश्वास र गुणस्तरको प्रतीक हो ।

सो कम्पनीले उक्त सम्झौता गरेसंगै वातावरण मैत्री यातायात समाधानहरूको लागि मुलत नेपाली उपभोक्ताहरुको आवश्यकता र नेपाली बाटो र माटोलाइ सुवाउने स्कुटर भित्राउने छ ।

५० भन्दा बढी देशहरूमा चार दशकको विशेषज्ञता र उपस्थितिबाट परिमार्जित , ओइगको पछिल्लो उत्पादन ओकाया इभिले आइ ओ टी नेपालमा एकदमै नयाँ,शक्तिशाली, र बहुउपयोगी हुनेमा विश्वस्त रहेको जनाएको छ ।

यी स्कुटरहरुमा 4.4 kWh मा कुनै अन्य ई(स्कुटरमा फिट गरिएको भन्दा उच्चतम क्षमताको ब्याट्री प्रदान गर्दछ जसले सिंगल चार्जमा 4.4 kWh किलोमिटरको यात्रा र 70 किमी प्रतिघण्टाको उच्च गति प्रदान गर्दछ।

अन्य जानकारी कम्पनीले केही समयमा सार्बजनिक गर्ने जनाएको छ ।

वृद्धीको पचास वर्ष भन्दा बढीको सफल व्यापारिक इतिहास छस आज यस ग्रुपको प्राथमिक व्यवसायमा अटोमोटिभ, ह्याभी इकुप्मेंट,, व्यापार, उत्पादनका साथै वित्तीय संस्थाहरू र बैंकिङ समावेश छन्।

शशीला मोटर्स, कमर्सियल गाडीको क्षेत्रको अग्रणी डिलरशिप, एक माइलस्टोन सेटर हो जसले सञ्चालनको सात वर्ष भित्र ६ हजारभन्दा बढी गाडीहरू बिक्री गरेको छ। किया मोटर्सको डिलरशिप र विभिन्न विश्वव्यापी हेवी उपकरण ब्रान्डहरू यसका अन्य सहकार्यहरू हुन् जसले यसको ग्राहक केन्द्रित दृष्टिकोणका लागि धेरै प्रशंसा जितेको छ।

कम्पनीको लक्ष्य भनेको ग्राहकहरूलाई अपेक्षाभन्दा बाहिरको अनुभव प्रदान गर्नु, अटोमोटिभ खण्डमा प्रभावशाली स्थिति कायम राख्नु र समुदायमा सक्रिय उपस्थिति हुनु हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री