शनिबार, ५ जेठ २०८१

यो भिडियोको कारण बेलायती स्वास्थ्यमन्त्रीको पद चट् (भिडियोसहित)

समयपोष्ट २०७८ असार १३ गते १६:५७

Advertisement

चुम्बन गरेको भन्दै चौतर्फी विरोध भएपछि बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्याङककले पदबाट राजीनामा दिएका छन् । ४२ वर्षका ह्याङककले प्रधानमन्त्री बोरीस जोन्सनसमक्ष शनिबार राजीनामा बुझाएका हुन् ।

सन ट्याव्लेट पत्रिकाले विवाहित मन्त्री ह्याङककले आफैले नियुक्त गरेको एक सहयोगीलाई अँगालो हालेर चुम्बन गरेको तस्विर छापेपछि उनको विरोध भएको थियो ।

यो तस्विर सार्वजनिक सार्वजनिक भएपछि जनतालाई लकडाउनमा राखेर स्वास्थ्यमन्त्री आफु स्वास्थ्यका मापदण्ड पालना नगर्ने भन्दै चर्काे आलोचना भएको थियो ।

जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्नुपर्ने र त्यो आफुले तोडेकोभन्दै प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको ह्याङककले भिडियोमा भनेका छन् ।

Advertisement

ह्यानककको ठाउँमा साजिद जावेदलाई नियुक्त गर्ने तयारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री