शुक्रबार, १४ वैशाख २०८१

दलित बस्तीमा सोलार बत्ती

rss २०७८ असार ९ गते १३:४८

Advertisement

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले बिजुलीबत्ती नपुगेको विपन्न दलित बस्तीमा सोलार बत्ती र जीविकोपार्जनका लागि हाँस वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले १४ दलित परिवारलाई एक थान सोलार प्यानल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर, स्विचलगायत सामग्री हस्तान्तरण गर्नुभयो ।

यस्तै वडा नं २ पटना सोठियाइनका २५ र वडा नं ३ पोर्ताहाका २५ दलित परिवारलाई जीविकोपार्जनका लागि गाउँपालिकाले हाँस पालन गर्न खोर र हाँसको दानासमेत वितरण गरेको छ ।

आर्थिक रुपमा विपन्न मुसहर समुदायको आर्थिक अवस्था उकास्नका लागि विभिन्न सीपमूलक तालीमसँगै आयआर्जन गर्न हाँस, कुखुरालगायत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री