शुक्रबार, १४ वैशाख २०८१

कोभिसिल्ड लगाएकाले दोस्रो डोज भेरोसिल लगाउन हुन्छ कि हुदैन ? यसो भन्छ डब्ल्युएचओ

समयपोष्ट २०७८ असार ८ गते १५:०९

Advertisement

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिसिल्डको पहिलो डोज लगाउनेले दोस्रो तथा अन्तिम डोजका रुपमा भेरोसिल लगाउदा अझ प्रभावकारी हुने बताएको छ ।

पछिल्लो अनुसन्धानले दुई खाले भ्याक्सिनबाट कोरोनाविरुद्ध लामो समयसम्म सुरक्षा मिल्ने र इम्युनिटी पनि वृद्धि हुने पुष्टि भएको डब्ल्युएचओले जनाएको छ ।
डब्ल्युएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनका अनुसार दुई अलग–अलग कम्पनीको भ्याक्सिन लगाउँदा कोरोनाको नयाँ भेरिएन्टविरुद्ध झनै प्रभावकारी हुन्छ । नयाँ शोधबाट पहिला एक कम्पनीको लगाएर सोही कम्पनीको भ्याक्सिन कुरेर बसेका व्यक्तिका लागि अब सहज अवस्था आएको उनको दाबी छ ।

यसअघि पनि वैज्ञानिकहरुले फरक–फरक कम्पनीको भ्याक्सिन लगाउन सकिने बताए पनि प्रयोगमा आएको थिएन । कोभिसिल्ड लगाउनेले भेरोसिल लगाउन नहुने भन्दै लामो समयसम्म पहिलाे मात्रा खाेप लगाई कोभिसिल्डकाे दास्राे मात्राकाे प्रतिक्षामा रहेका नागरिककाे लागि भने यसले राहत मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री