शनिबार, ८ वैशाख २०८१

ह्वेल माछाले ओकलेपछि बाँचेका ५६ बर्षिय प्याकार्ड भन्छन्- मुखमा छिरेपछि श्रीमती छोराछोरीलाई सम्झिए

समयपोष्ट २०७८ असार २ गते १६:३७

Advertisement

अमेरिकामा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलेर पनि ओकलेको छ । एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा शुक्रबार बिहान हम्पब्याक ह्वेल माछाले निलेको थियो ।

५६ वर्षका माइकल प्याकार्ड नामक ती गोताखोरलाई समुद्रमा १४ मिटरको गहिराइमा रहेको बेला ह्वेल माछाले खाएको थियो ।

पानीमुनि पौडिरहेको बेला एक्कासी केहीभित्र छिरेर अँध्यारो भएसँगै उनले आफूलाई सार्क माछाले खाएको हो कि भन्ने ठाने । सो ठाउँ धेरै सार्क पाइने ठाउँ हो । तर जीउमा कुनै दुखाई महसुस नभएको तथा सार्कको दाँतजस्तो घोचाई पनि महसुस नभएपछि उनले थाहा पाए कि उनी ह्वेलको मुखभित्र रहेको चाल पाए ।

आफूलाई ह्वेलले निल्ने कोसिस गरिरहेको थाहा पाएपछि उनलाई अब बाँच्दिन भन्ने लाग्यो । उनले आफ्नी श्रीमती तथा छोराछोरीलाई सम्झिए । झण्डै ३० सेकेण्ड जति आफू ह्वेलको मुखभित्र रहेको उनी बताउँछन् । श्वास फेर्ने मेसिनसँगै ह्वेलले उनलाई मुखभित्र हालेको हुनाले उनले ह्वेलको मुखभित्र रहँदा पनि श्वास फेर्न पाए ।

ह्वेलले आफूलाई निल्छ भन्नेमा उनी ढुक्क थिए । तर सौभाग्य, ह्वेलमाछा पानीको सतहमा आयो, टाउको हल्लायो र उनलाई बाहिर थुकिदियो ।
उनलाई तत्कालै नजिकै रहेका उनका सहकर्मीहरुले उद्दार गरे ।

ह्वेलले मुखभित्र हाल्ने र बाहिर जोडसँग थुक्ने क्रममा उनको खुट्टामा केही चोट लागेको छ । विज्ञका अनुसार ह्वेलले यसरी मानिसलाई मुखभित्र हालेको घटना निकै दुर्लभ हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री