शुक्रबार, १४ वैशाख २०८१

ज्योति लाइफ अर्घाखाँचीद्धारा ५२ लाख ४० हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

समयपोष्ट २०७८ जेठ ३१ गते १८:०९

Advertisement

अशोक खनाल
ज्योति लाइफ इन्स्योरेन्सले अर्घाखाँचीले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई दोब्बर भन्दा बढी रकम दावी भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँचीस्थिती शाखा कार्यालयले सोमबार स्वर्गिय मोतिदेबी खड्का वलिका छोरा काशिराम वलिलाई ५२ लाख ४० हजार २५० रुपैयाँ दावी भुक्तानी गरेको हो ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल ,वडा न. १ का वडा अध्यक्ष युबराज बन्जाडे, कम्पनीका एरिया सेल्स म्यानेजर कुशल भुसाल तथा ब्रान्च म्यानेजर कृष्ण खनालले संयुक्त रुपमा दावी रकम वापतको ५२ लाख ४० हजार २५० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

मृतक वलि राप्ती सोनालिका गाउँ पालिका वडा न.९ बाके निवासी सामान्य कृषक हुन । उनले ०७७ साल भाद्र ३१ गते अर्घाखाँची शाखाबाट २५,५०००० को बिमा गरेकी थिईन् । उनले प्रीमियम बापतको रु. १८४११० रकम बुझाएएको कम्पनीले जनाएको छ ।

उनको २०७७ साल पौष २ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । अर्घाखाँची जिल्लामा २०७४ सालमा स्थापना भएको ज्योति लाइफ इन्स्योरेन्ले स्थापनाको तीन बर्षमा जिल्लामा करिब ५०३ जनालाई स्वोरोजगार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री