शनिबार, १५ वैशाख २०८१

कोरोना खोप लगाएपछि काठमाडौँकी एक महिलामा टाँसिन थाल्यो फलाम, हेर्नुहोस् डाक्टर आफैले बनाएको भिडियो

समयपोष्ट २०७८ जेठ ३० गते १६:३६

Advertisement

 

काठमाडौँकी एक महिलामा कोरोना भाइरसको खोप लगाएपछि शरिरमा चम्चा,साँचो जस्ता वस्तुुहरु टाँसिन थालेको दाबी गरिएको छ ।

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाएपछि असनकी ६० वर्षकी संगिता तिमिलाको शरिरमा चम्चा, साँचो जस्ता वस्तुहरु टाँसिन थालेको भन्दै भिडियो नै सार्वजनिक भएको छ । कोरियन नेपाल अस्पतालमा कार्यरत अर्थाेपेडिक सर्जन मनिष प्रधानांग आफैले उक्त दृश्य लिएर भिडियो बनाउँनुभएको छ ।

फुपुको शरीरमा म्याग्नेट उत्पन्न भएको देख्दा अचम्मित भएको प्रतिक्रिया उहाँको छ । यो खोपको असर हो या होइन भन्ने विषयमा नेपालमा पनि अनुसन्धानको आवश्यक रहेको उहाँको भनाइ छ । केही दिनअघि मात्र भारतमा कोभिसिल्ड लगाएका एक ब्यक्तिमा चुम्बकिय शक्ति उत्पन्न भएको भन्दै भिडियो सार्वजनिक भएको थियो ।

https://www.facebook.com/593160359/videos/pcb.10165449603705360/10165449603575360

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री