शुक्रबार, १६ चैत २०८०

को हुन् मन्त्री पहाडी ?

rss २०७८ जेठ २७ गते १९:१६

Advertisement

साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित हुनुभएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा उहाँले सो मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । नवनियुक्त मन्त्री पहाडी विसं। २०७४ को निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । नेकपा ९एमाले० को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उहाँ दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । त्यसअघि उहाँ विसं। २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

पार्टीमा उहाँ विसं। २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुभएको थियो । विसं। २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति शुरु गर्नुभएका उहाँ विसं। २०४८ मा नेकपा ९एमाले० को सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको संयोजक समेत हुनुभयो । विसं। २०६५ मा जिल्ला कमिटी सचिव र विसं। २०६६ मा जिल्ला संयोजक हनुभएको थियो ।
स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका उहाँ दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिको सदस्य हुनुभएको थियो । यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारमा गणेश सिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री