बिहीबार, ६ वैशाख २०८१

अक्षयसंग गहिरो प्रेममा थिईन् शिल्पा, यसकारण टुटेको थियो सम्बन्ध

समयपोष्ट २०७८ जेठ २६ गते २०:३६

Advertisement

कुनै समय बलिउडकी चर्चित नायिका शिल्पा सेट्टी नायक अक्षय कुमारसँग गहिरो प्रेम सम्बन्धमा थिईन् । मिडिया रिपोर्टका अनुसार अक्षयले शिल्पासँग एक मन्दिरमा विवाह समेत गरेका थिए । तर,जब उनको जीवनमा नायिका ट्विंकल खन्नाको प्रवेश भयो, यसपछि उनले शिल्पासँगको सम्बन्धलाई विश्राम लगाएल गाएको बताईन्छ ।

‘फिल्मफेयर म्यागेजिन’का लागि एकसाथ फोटोसुट गरेपछि अक्षय र ट्विंकल नजिक भएका थिए । चलचित्र ‘मे खिलाडी तु अनाडी र इन्साफ’ लगायतका चलचित्रमा एकसाथ देखिएका शिल्पा र अक्षयले सन् २००० मा रिलिज भएको चलचित्र ‘धड्कन’मा अन्तिम पटक एकसाथ काम गरेका थिए । अक्षयले आफूलाई धोका दिएको थाहा पाएपछि शिल्पाले उनीसँगको सम्बन्ध तोडेकी थिइन् ।

अक्षयको बिषयमा कुरा गर्दै शिल्पाले एक अन्तरवार्तामा भनेकी छिन्–‘मैले कहिले पनि सोचेको थिइनँ कि अक्षयले मेरो साथमा यस्तो गर्नेछन् । म ट्विंकललाई यो कुरामा दोषी मान्दिनँ । जब मेरो पार्टनरले नै मलाई धोका दिएका छन् भने अरुसँग म किन गुनासो गर्नु ?’

शिल्पाले अक्षय कुमारले आफूलाई प्रयोग गरेको आरोप समेत लगाएकी थिइन् । उनले, अरु कोही पाएपछि आफूलाई अक्षयले किनारा लगाएको पनि आरोप लगाएकी थिइन् । शिल्पाले भनेकी छिन्–‘म खुशी यसकारण छु कि मैले आफूलाई यो घटनाबाट बाहिर निकाल्न सकेँ । म अक्षयलाई कहिले पनि माफी दिन्नँ र उनीसँग कहिले पनि काम गर्दिनँ ।’

शिल्पाले अक्षयमाथि आरोप लगाउँदै यूवतीको भरोसा जित्नका लागि उनीहरुसँग बिहेको नाटक रच्ने गरेको पनि बताएकी छिन् । अक्षयले सन् २००१ म ट्विंकलसँग बिहे गरेका थिए । शिल्पाले भने सन् २००९ मा भारतका सफल व्यापारी राज कुन्द्रासँग बिहे गरेकी थिइन् । मोडलिङबाट आफ्नो करिअर सुरु गरेकी शिल्पाले सन् १९९२ मा चलचित्र ‘गाता रहे मेरा दिल’मा काम गरेर बलिउडमा डेब्यू गरेकी थिइन् । तर, यो चलचित्र रिलिज हुन सकेन ।

यसपछि, शिल्पाले नायक साहरुख खानसँग चलचित्र ‘बाजीगर’मा काम गरिन् । यो चलचित्र सुपरहिट भयो । यसपछि, शिल्पाको करिअर पनि चम्किन थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री