शनिबार, ५ जेठ २०८१

मदिरा बरामद

RSS २०७८ जेठ २४ गते २०:१३

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङले आज रु.चार लाख ९० हजार मूल्य बराबरको अवैध मदिरा बरामद गरी मूल भन्सार कार्यालय विराटनगर चलान गरेको छ ।
मोरङको जहदा गाउँपालिका वडा नं १ बुधनगरबाट दुई वटा मोटरसाइकलमा वेवारिशे अवस्थामा प्रहरीले सो मदिरा फेला पारेको हो ।

प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार दिलवाले लेखिएको ३०९ कार्टुन, उमङ्ग लेखिएकोे २७७ कार्टुन र अन्य ब्राण्डको खुल्ला मदिरा एक हजार ९०० बोतल बरामद गरी आवश्यक अनुसन्धान शुरु गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री