
कैलालीमा कालो ढुसी (म्युकोर्माईकोसिस)को संक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्लाको सेती प्रादेशिक अस्पतालमा बर्दगोरीया ६ का ६५ बर्षिया पुरुषको आज ज्यान गएको अस्पतालले जनाएको छ ।
मृतकको उपचारमा संलग्न डाक्टर शेर बहादुर कमर, डा.निशान भटराई र डा. अशोक श्रीपाईलीको टिम उनको उपचार गरेको थियो । उपचारका क्रममा उनमा म्युकोर्माईकोसिसको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा मृतकमा कालो ढुसी पुष्टि भएको थियो ।
मृतकलाई जेठ १७ गते अस्पताल भर्ना गरिएको थियो । पिसिआर परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कालो ढुसीको जोखिम उच्च रहन्छ । क्यान्सरको उपचार गराइरहेका, अंग प्रत्यारोपण गरिएका, मधुमेह, एन्टीबायोटिक औषधि खाइरहेका दीर्घ बिरामीलाई कालो ढुसीको समस्या निम्तिन सक्छ ।
लक्षणहरु
– अनुहार,मुख, नाक, आँखा वरपरि दुख्ने
– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने,ज्वरो आउने, आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने, नाकबाट रगत बग्ने, – बाक्लो सिंगान आउने, दाँत दुख्ने वा हल्लिने समस्या देखिन सक्छ ।
उच्च जोखिम भएका समूह
– ४५ देखि ६५ उमेर समूह
– डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु
– धेरैखाले एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरु
जोगिने उपाय
– होम आइसोलेसनमा रहँदा,
– सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुन प्रयोग नगर्ने
– नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
– व्यक्तिगत स्वच्छतामा ध्यान दिने
– घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने
– धेरै धुँलो भएको र ओसिलो ठाउँमा नजाने
– नुनिलो पानीले सफा गर्ने










प्रतिक्रिया