नैकापमा दुईजनालाई ढिस्कोले पुर्यो

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा ढिस्कोमा पुरिएर दुईजनाको निधन भएको छ ।
बुधबार पर्खाल लगाउने क्रममा ढिस्को खस्दा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङको मृत्यु भएको हो ।

Advertisement

पर्खालले थिचेर उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते भएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री