बिहीबार, ६ वैशाख २०८१

श्रीमतीले थुकेपछि मिडियामा करण, पक्राउ पर्नुअघि यी दुई बिच के-के भयो ?

समयपोष्ट २०७८ जेठ १८ गते १३:५३

Advertisement

‘ये रिश्ता क्या कहलाता है’ शोका मुख्य अभिनेता करण मेहराकी श्रीमती निशा रावलले उनीमाथि मेहराले कुटपिटको आरोप लगाएकी छिन् ।

नायिका समेत रहेकी मेहराकी श्रीमती निशा रावलले विवादपछि कुटपिटको आरोप लगाउँदै गोरेगांव एरियामा करणविरुद्ध ऊजुरी दर्ता गराईन् । सोमबार साँझ प्रहरीले यी अभिनेतालाई पक्राउ गर्यो ।

सोही विषयमा करणले एक भारतीय सञ्चार माध्यमसँग कुरा गरेका छन् ।

मेहराको भनाई

यो निकै दुःखको कुरा हो । यति वर्षको मिहिनेत, यत्तिका वर्षको तपाईंको विवाहमा यस्तो भइरहेको छ । यो निकै दुःखको कुरा हो । पछिल्लो एक महिनादेखि छलफल चलिरहेको छ किनभने निकै लामो समयदेखि हामीबीच कुराहरु राम्रो भइरहेको छैन । त्यसैले हामीले हामी अलग हुने हो कि के गर्ने हो भन्नेबारे सोचिरहेका छौं । त्यसैले हामीले कुरा मिलाउने कोसिस गरिरहेका थियौं ।

निशाका भाइ रोहित सेठिया पनि आएका थिए, कुरा मिलाउन । निशा र उनका भाइले एक एलिमनी अमाउन्ट मागे तर त्यो रकम यति महँगो थियो कि मैले त्यो गर्न सक्दिनँ भनेँ । एलिमनीको विषयमा कुरा चलिरहेको थियो, हिजो राती पनि यसबारे कुरा भएको थियो । उनी राती १० बजे म भएठाउँ आएर यसैबारे कुरा गरे । मैले ‘म त गर्न सक्दिनँ’ भनेँ । त्यसपछि उनीहरुले कानूनी हिसाबले गर्न भने । मैले पनि ‘म कानूनी हिसाबले नै गर्छु’ भनेँ ।

त्यसपछि म मेरो कोठामा आएँ । त्यसपछि म आमासँग कुरा गर्न थालेँ । त्यति नै बेला निशा भित्र आइन् र उनले मलाई, मेरा आमाबुवा, मेरा भाइहरुलाई गाली गर्न थालिन् । उनी बेस्सरी चिच्याउन थालिन् । यतिमात्रै होइन, निशाले मलाई थुकिन् । त्यसपछि मैले निशालाई कोठाबाट बाहिर जान भने । त्यसपछि निशाले मलाई ‘हेर, अब म के गर्छु’ भनेर बाहिर निस्किइन् ।

त्यसपछि निशाले भित्तामा आफ्नो टाउको ठोकिन् र सबैलाई मैले गरेको भनिन् । निशाका भाइले ममाथि हातपात गरे । निशाका भाइले ममाथि हिंसा गरे । उनले मलाई थप्पड हाने र छातीमा पनि हाने । मैले उनका भाइलाई आफूले निशालाई नहानेको बताएँ । यसका लागि सीसीटीभी फुटेज हेर्न पनि भनेँ तर क्यामरा पहिला देखि नै बन्द थियो ।

उनले भिडियो रेकर्ड गर्न सुरु गरे र त्यसपछि प्रहरीलाई बोलाए तर प्रहरीले केही पनि गरेन किनभने उनीहरुलाई वास्तविकता के हो थाहा छ । झुटो मुद्दा हाल्छौ भने वास्तविकता त आइहाल्छ । भोलि अनुसन्धान हुँदा सत्य त पक्कै पनि आउँछ ।

निशाले जत्ति माग्छिन्, त्यत्ति नै म कहाँबाट ल्याउन सक्छु ? हाम्रो सम्बन्धविच्छेद हुन लागेको थियो, म यत्ति धेरै पैसा कहाँबाट ल्याउँ । यो सबै म काविश, मेरो छोराका लागि गरिरहेको थिएँ । राम्रोसँग कुरा गरेर पनि कुरा सुल्झाउन सकिन्छ । मेरा आमा–बुवाले पनि कोसिस गरिरहनुभएको थिया । तर निशाले मलाई छोडेर गइन्, मैले देखिरहेको थिएँ कि उनले मेरो छोरालाई मबाट टाढा राख्ने कोसिस गरिरहेकी थिइन् ।

म केही बेर प्रहरी स्टेशनमा थिएँ, त्यसपछि म साथीको घर गएँ तर निशाले जे चाहेकी थिइन्, त्यो ममाथि भएन । मैले प्रहरीसँग कुरा गरेँ, उहाँहरुले मेरो कुरा बुझ्नुभयो । निशाले स्थिति सम्हाल्नुको साटो थप बिगारिदिइन् ।

केही दिन अघि निशा र करणको वैवाहिक जीवनमा खटपट भएको भन्ने खबर आएको थियो । यद्यपि, निशा रावलले यस्तो खबरलाई ठाडै अस्वीकार गरेकी थिइन् । निशाले यसमा केही पनि वास्तविकता नभएको बताएकी थिइन् । तर निशाले तर निशाले कुटपिटको आरोप लगाएर करणविरुद्ध ऊजुरी दर्ता गराएकी थिईन् । अभिनेता करण मेहरालाई प्रहरीले सोमबार राती पक्राउ गरेको हो ।

निशा र करण सन् २०१२ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक छोरा पनि छन् । निशा सोसल मिडियामा धेरैजसो छोरासँग भिडियो र फोटो सेयर गरिरहन्छिन् । करण र निशाको जोडीलाई प्रशंसकले निकै मन पराउँछन् ।

कामको कुरा गर्नु पर्दा ‘ये रिश्ता क्या कहलाता है’ मा करण सात वर्षसम्म मुख्य भूमिकामा देखिएका थिए । उनले नैतिक सिंघानियाको भूमिका निभाएका थिए । शोमा हिना खान अपोजिट रोलमा थिए । करण मेहरा शोबाट निकै हिट भएका थिए । हाल यो शोमा मोहसिन खान र शिवांगी जोशी मुख्य भूमिका निभाइरहेका छन् । करणले बिग बस १० मा पनि भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री